रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

काठमाण्डु-वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज ललितपुरको जावलाखेल पुर्‍याइँदैछ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पुर्‍याइनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् ।…