तटीय क्षेत्रमा थप २० मिटरमा सरकारी वा निजी भवन बनाउन मिल्दैन : मेयर बालेन

काठमाण्डु-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दै आएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन् । ‘तटीय क्षेत्रको थप २० मीटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना…