विद्युत महसुल नबुझाउने उद्योगको लाइन धमाधम काटियो

काठमाण्डु-डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन नेपाल विद्युत प्राधिकरणले धमाधम काट्न सुरू गरेको छ । बुझाउनु पर्ने महसुल पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले उनीहरूको लाइन काट्न थालेको हो । प्राधिकरणले विभिन्न ४९ वटा उद्योगलाई बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो । बिहीबार साँझदेखि लाइन काट्न थालेको प्राधिकरणले जनाएको छ ।…