सङ्खुवासभामा १ हजार ७ सय जनामा डेंगु सङ्क्रमण

खाँदबारी - पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय पुगेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ । महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो । इपिडिमियोलोजी…