काठमाण्डु– काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा दिशामा पाइने फिकल कोलिफर्म भेट्टाएको छ ।महानगरपालिकाले परीक्षणपछि पिउन अयोग्य रहेको पुष्टि भएको भन्दै ११ ब्रान्डका पानी बिक्रीमा रोक लगाएको हो । भदौ १२ गतेदेखि २८ गतेका बीचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २१ वटा पानीको नमूना लिइएको थियो।नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको…