टी–२० विश्वकप छनोट : आज कुवेतसँग खेल्दै नेपाल

काठमाण्डु - आइसिसी मेन्स टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा आज नेपालले कुवेतसँग खेल्दैछ। नेपालसहित ९ देश सहभागी रहेको टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल आज राति ८ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। जापान…