जेनजी अलायन्सले अख्तियार प्रमुख राई र सबै आयुक्तको राजीनामा माग्दै बुझाए पत्र

काठमाण्डु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर जेनजी मुभमेन्ट अलायन्स टंगाल पुगेका छन् । जेनजी मुभमेन्ट अलायन्सले हिजो मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका…