काठमाण्डु- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक जना सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको टोली शुक्रबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, धनुषामा कार्यरत निरीक्षक विकल अधिकारीलाई घुसको रकमसहित नियन्त्रणमा लिएको हो । धनुषाको कमला–ढल्केवर–बागमती सडक निर्माणअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, काममा अवरोध गर्ने…