काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदका लागि अर्यालको एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी…