लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको अनुरोध

काठमाण्डु – लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । ‘केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ ।…