आईपीयू महासभामा अध्यक्ष दाहालको सम्बोधन : प्रविधिको विकासलाई साझा हितमा लैजान अपिल

स्वीट्जरल्याण्ड – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रूपमा हेरिनुपर्ने बताएका छन् । शान्तिपूर्ण र दीगो भविष्यका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित अन्तर व्यवस्थापिका संघको १४९औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले साझा हितप्रति विश्वको ध्यानाकर्षण गराए ।…