काठमाण्डु – चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २ जनाको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ । दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र…