मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा प्रदेश सम्पर्क कार्यालय ललितपुरमा बसेको बैठकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको समेत उपस्थिति थियो । बैठकको निर्णयमा लेखिएको छ, ‘बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले…