आज कहाँ-कहाँ छ धेरै भारी वर्षाको सम्भावना? यस्ताे छ पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।…