रास्वपा उपाध्यक्षमा सहमति गरेका कुलमानको दाबी : ‘मैले कुनै पार्टीको सदस्यता लिएको छैन’

काठमाण्डु – उज्यालो नेपाल पार्टी एकीकरण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष बन्ने सहमति गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको दाबी गरेका छन् । मंगलबार काठमाण्डुमा आयोजित नेपाल इन्जिनीयर्स एशोसियशन अन्तर्क्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताए । उनले भने, ‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको…