काठमाण्डु- नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडक फेरि अवरुद्ध भएको हो। अचानक माथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको सुख्खा पहिरो झरेपछि सवारी आवागमन प्रभावित बनेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वयमा…