बाढीले बगाएको बुलेटको ग्यास लिक भएर सकियो, नजिक नजानु : आयल निगम

काठमाण्डु– नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्यास लिक भएर सकिएको जानकारी दिएको छ । च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो बुलेटमा ग्यास लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ ।  निगमले उक्त ग्यास बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको…