काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । उनले मंगलबार काठमाण्डुमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिए । छलफलमा अहिलेको विषम परिस्थितिको…