पैसा फिर्ता गरे सहकारी ठगीको मुद्दा नचल्ने

काठमाण्डु – महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ कसूर र सहकारी ठगीको मुद्दामा मिलापत्रका लागि बाटो खुला रहेको बताएका छन् । मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै उनले पहिला बैंकिङ कसूरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसूर र बैंकिङ कसूरमा पनि मुद्दा चल्ने बताए । ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरू पनि मिलापत्र गर्न…