काठमाण्डु – रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी कुशवाहालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३,…