काठमाण्डु – डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन प्रयोजनार्थ नेपाल विद्युत प्राधिकरणले उद्योगीको खाता रोक्का गर्न पठाएको पत्र नेपाल राष्ट्र बैंकले दर्ता नै गरेको छैन । राष्ट्र बैंकले प्राधिकरणले पठाएको इमेल प्राप्त भएको तर दर्ता नभएको जानकारी दियो । इमेल होइन, सक्कली पत्र आएपछि मात्रै दर्ता गर्ने कि नगर्ने भन्नेबारे निर्णय हुने राष्ट्र बैँक स्रोतले जानकारी…