भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सुनकोसीमा भेटियो

काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव फेला परेको छ। खोलाले बगाएको ४ दिन पछि सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा सोमबार बोलेरो चालकको शव फेला परेको हो । बोलेरो चालक भोटेकोसी गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले पुष्टि गरे । सिन्धुपाल्चोकको…