चितवन-मनकामना केबलकार आजदेखि नियमित सञ्चालन हुँदैछ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार डिजिटल प्रविधिमा सञ्चालन हुन लागेको हो । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना…