काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने दिल्लीबाट सोमबार नै सिंगापुर पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परेपछि उनी तीन…