स्याङ्जा – बाँदर आतंकले सताउन थालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छाडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन् । गल्याङ नगरपालिकाले बाँदरले नखाने वैकल्पिक खेतीका रूपमा कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नट लगायतका खेती गर्न कृषकलाई प्रोत्साहन गरेको छ…