सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ

काठमाण्डु – नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भएको सि.सं.१४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बलाधिकृत रथी प्रदीपजंग केसीले आईतबार शुभारम्भ गरेका छन् । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा बलाधिकृतले तालिमबाट सहभागी अधिकृतहरूको पेशागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरूको सहभागिता…