भोलि एमालेको कार्यालय बैठक बस्दै, सचिवालय बैठकको तयारी

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक भोलि आईतबार बोलाएको छ । आईतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा कार्यालय बैठक बस्नेछ । महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।