महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे तय गरिएको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि डाकिएको छ । पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । यसै…