काठमाण्डु – जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार झालाई थुनछेक बहस सुनेपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले असार १३ गते पक्राउ…