सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाण्डु- काठमाण्डुको सरस्वतीनगरमा १० दिनअघि भएको हत्या लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निराको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई प्रारम्भिक बयान दिएका हुन् । बाउन्सरसमेत रहेका विनोदले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरामाथि छुरा प्रहार गरी हत्या गरेको…