निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी

काठमाण्डु - काठमाण्डुको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डेको हत्या आरोपीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सार्वजनिक गरेको छ। उनको हत्या आरोपमा पक्राउ परेका झापाको मेचिनगर–१० धुलाबारीका ३५ वर्षीय विनोद विश्वकर्मालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। प्रहरीका अनुसार जडिबुटीमा साथीको कोठामा बसेका विनोद वैशाख ७ गते दिउँसो सरस्वतीनगरस्थित निरुको पसलमा भाँडा किन्ने बाहनामा…