काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिष्द्का सदस्यहरूको अन्तिम सूची तयार भएको छ । वरिष्ठ नेता शाहले शुक्रबार प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ बजेर ३४ मिटनमा उनले शपथग्रहण गर्नेछन् । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल…