भक्तपुरमा स्कुल बसको ठक्करबाट छात्राको मृत्यु

भक्तपुर - भक्तपुरमा स्कुल बसको ठक्करबाट छात्राको मृत्यु भएको छ । शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा २ क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला…