काठमाण्डु – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन् । मंगलबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको छ । उनी यसअघि विभागमा उपमहानिर्देशकको पदमा कार्यरत रहेका थिए ।