ओलीले भने- पार्टी एकताको सम्भावना छैन

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । तत्काल पार्टी एकताको सम्भावना नभएको तर, लोकतन्त्रलाई फर्काउन संयुक्त संघर्ष जरूरी रहेको बताए । ‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ…