काठमाण्डु-नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने भएको छ । सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार घरेलु टोली क्यानडासँगै नेपाल र ओमानबीच हुने शृंखलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।…