एआइजीपी दीपक थापालाई सिआईबीमा सरुवा गरिने, अरु कसलाई कहाँ ?

काठमाण्डु – सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरू (एआइजीपी)हरूको सरुवा गर्ने तयारी गरेको छ । निकटस्थ स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एआइजीपी सरुवासम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । बढुवा भएका एक एआइजीपीको पदस्थापन र ती एआइजीपीको सरुवा प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो । मन्त्रिपरिषद्को अपरान्ह ५ बजे बस्ने…