काठमाण्डु-सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी, खोलामा बाढी आएको छ । बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुमा बाढी आउँदा तटीय क्षेत्रका बस्तीमा पानी पस्न थालेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुमा जलसतह सतर्कता तहमाथि…