काठमाण्डु - नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्। उनी सन् २००३ मा काठमाण्डूमा पक्राउ परेका थिए। दुई विदेशी पर्यटकको सन् १९७५…