काठमाण्डु - बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले घरअगाडि जग्गाको लालपुर्जा र घरको नक्सा टाँसेर आफ्नो संरचना वैधानिक भएको प्रमाण देखाउन थालेका छन्।अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत उक्त क्षेत्रमा डोजर पुगेपछि वैधानिक कागजात हुँदाहुँदै पनि हुलमुलमा घर भत्काइने डरले स्थानीयले यस्तो कदम चालेका हुन्। उनीहरूले घर नछाडेको र सामानसमेत नसारेको बताएका छन्। स्थानीयका अनुसार भत्काउने सूचीमा परेका…