कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

धरान–केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौंलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो। यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ। कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो। कति पुल भत्किए, कति बस्ती उजाडिए। तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा…