भोलि र पर्सि चिसो बढ्ने, यी स्थानमा वर्षा र हिमपात हुने पूर्वानुमान

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार र पर्सि बिहीबार हल्का चिसो बढ्न सक्ने जनाएको छ । महाशाखाले मंगलबार दिउँसो विशेष बुलेटिन सार्वजनिक गर्दै हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण बुधबार अपराह्नदेखि सुदूरपश्चिम प्रदेश हुँदै बादल पूर्वतिर सर्ने जनाएको छ । न्युन चापीय प्रणालीका कारण बुधबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी…