काठमाण्डु- ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन। ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ। मुख छोपेरै बस्न सम्भव छैन। त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनी बताउँछन्। ‘देख्नका लागि मात्रै सुरक्षित छौं’, उनी भन्छन्। नयाँ बानेश्वरको व्यस्त चोकमा ट्राफिक व्यवस्थापन…