काठमाण्डु-उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको छ । पार्टीले आइतबार बिहार प्रेस विज्ञप्ति जारी गरी उपसभामुख रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेकी दाबी गरेको छ । विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा यस विषयमा पार्टीले यसअघि नै सोधखोज गरिसकेको…