जनकपुरधाम – प्रहरी हिरासतमा रहेका बेला अस्पताल भर्ना भएका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्स चढेर जिल्ला अदालत धनुषामा हाजिर भएका छन् । स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरी हिरासतबाट निस्किएर जनकपुरस्थित काब्या अस्पताल भर्ना भएका उनी सोमबार दिउँसो एम्बुलेन्स चढेर अदालत पुगेका छन् । प्रहरीले सिरोहियालाई हिरासतमा राख्न दोस्रोपटक थपेको म्याद आईतबार सकिएको छ…