सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गरेको रिट सर्वोच्चमा दर्ता

काठमाण्डु - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट हटाएर छानबिनको दायरामा ल्याउन माग गर्दै मुद्दा दायर भएको हो । लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको हो ।…