सुदूरपश्चिममा प्रतिपक्षी बिनाको बैठकमा आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरू भएको छ। प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उपस्थित थिएन। प्रमुख प्रतिपक्षीको अनुपस्थितिमै सभामुख भण्डारीले संसद बैठक अघि बढाएका थिए। आइतबार सुरू भएको चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख नजिर मियाँबाट अधिवेशन आह्वान गरेको पत्र सभामुख भीमबहादुर भण्डारीले सभामा पढेर सुनाएका थिए। बैठकमा नागरिक उन्मुक्ति…