प्रतिपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम संसद्‍बाट बहुमतले पारित

काठमाण्डु – सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच छलफल सकेपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाबीच बहुमतले पारित गरेको घोषणा गरेका हुन् । त्यसअघि नीति तथा कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर…