काठमाण्डु – विभिन्न माग राख्दै आन्दोलन गरिरहेका लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्न गएका पीडितहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । झडपबाट…