काठमाण्डु - काठमाडौंका केही ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । भूमिगत प्रसारण लाइनमा काम गर्नुपर्ने भएकोले केही समय विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा सेवा अवरुद्ध हुनेछ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ ।…